HomeFeatureएमालेद्धारा राजनीतिक दलसम्बन्धी समस्या समाधानबारे बिषयमा सरकारको धारणा माग

एमालेद्धारा राजनीतिक दलसम्बन्धी समस्या समाधानबारे बिषयमा सरकारको धारणा माग

काठमाडौं, 4 अक्तूबर 2021

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज लगाएतका बिषयमा सरकारको धारणा माग गरेको छ । सोमबार बसेको संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठकमा एमालेका सांसद दिलकुमारी थापाले सरकारले एमालेलार्ई विभाजन गर्ने नियतले जारी गरेको अध्यादेशले लोकतन्त्र र दलीय व्यवस्थालाई कमजोर तुल्याएको आरोप लगाउनुभयो । बैठकको प्रारम्भ भएको घोषणा हुनासाथ एमालेका सांसदले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापालाई बोल्न समय दिनुभएको थियो । उहाले सरकार गठन भएको तीन महिना पुग्न लाग्दासमेत मन्त्रिमण्डल विस्तार गर्न नसकेको, अघिल्लो सरकारले अघि बढाएको रणनीतिक सडक खारेजी, विकास निर्माण रोक्ने र सुकुम्बासीको हितविपरीत आयोग खारेज गर्ने काम सरकारले गरेको आरोप लगाउनुभयो । सांसद थापाले सदनको एजेण्डा तय गर्नेलगायतका विषयमा समेत सरकार र सभामुखले प्रतिपक्षसँग  छलफल गर्न नचाहेकाले माग सम्बोधन र सभामुखको कदम नसच्चिएसम्म सदनमा विरोध जारी रहने बताउनुभयो । बैठकमा एमालेका सांसदले उठेर विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले सदन सञ्चालन गर्न सहयोग पुर्याउन प्रतिपक्ष दलका सांसदसँग आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले बोलेपछि राष्ट्रियसभा सांसद डा खीमलाल देवकोटाले सभामुखप्रति राष्ट्रियसभाको बैठकमा भएको टीकाटिप्पणीमा उभिएर नियमापत्ति गर्नुभयो । उहाँले सार्वभौम सम्पन्न सदनमा सांसदले बोल्न पाउने नैसर्गिक अधिकार भए पनि अधिवेशन सुरु भएको लामो समयसम्म सांसदले नै बोल्न नपाउनु भनेको अधिकार हनन भएको टिप्पणी गर्नुभयो । बैठकमा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असोज २४ गते दिनको २ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...