5 अक्तूबर 2021
बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन सोमबार काठमाडौं आइपुगेका छन्। फिल्म ‘उचाइ’ छायांकनको लागि उनीहरु आज बिहानै नेपाल आएका हुन्। भोलिदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ। फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन्। निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने बताइएको छ।









































