HomeFeatureपुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने

पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने

काठमाडौं, 7 अक्तूबर 2021

दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेबाट मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबाको नियम अनुसार खेलाईने संघले जनाएको छ ।  पुरुषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी,६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी, ७५ केजी, ८० केजी, ८६ केजी, ९२ केजी र ९२ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यस्त्ै महिलातर्फ ४८ केजी, ५०केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताईएको छ । यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा समेत लिएको बक्सिङ संघले जनाएको छ । प्रतियोगीताको अनुमानित लागत ३५ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...