8 अक्तूबर 2021
आइतवार भारतको उत्तर प्रदेशमा रहेको लखीमपुरमा भएको हिंसाका मुख्य आरोपित आशीष मिश्रालाई प्रहरीले शुक्रवार बिहान बयानका लागि बोलाएको छ । मिश्रालाई खोजिरहेको प्रहरीको दाबी छ भने मिडियालाई उनी चाहिँ आफू निर्दोष रहेको बताउँदै बयान दिइरहेका छन् । उनी नेपालतर्फ भागेको भारतका केही सञ्चारमाध्यमले खबर दिएका छन् । नेपालको बर्दिया जिल्ला लखीमपुरबाट नजिकै पर्छ । गाडीमा जम्मा दुई घन्टामा पुगिन्छ । त्यसैले आशीष मिश्रा नेपालतर्फ आएको हुन सक्ने जनाइएको छ ।









































