HomeFeatureदोस्रो राष्ट्रिय नवदुर्गा सम्मान: नौ जना कलाकार सम्मानित

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान: नौ जना कलाकार सम्मानित

काठमाडौं, 8 अक्तूबर 2021

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ बाट नौ जना कलाकार सम्मानित भएका छन् । बिहीबार काठमाडौंमा रेजिना इन्टरटेन्मेन्ट तथा शहिद फिल्म्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाली फिल्मका नौ जना अभिनेत्रीहरुलाई नवदुर्गा सम्मानद्वारा सम्मानित गरिएको हो ।

सम्मानित हुने अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा उपासना सिंह ठकुरी रहनुभएको छ । उहाँहरुलाई उर्जामन्त्री पम्फा भुसालले सम्मान गर्नुभयो । कार्यक्रममा ऊर्जामन्त्री भुसालले समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाले कोरोनाका कारण सर्वसाधारणको अवस्था असहज भएकाले सरकारले राहतका कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । मन्त्री भुसालले कलाकारको समस्या समाधान गर्न र सहयोग गर्न सकारात्मक रहेको धारणा राख्नुभयो । दुई वर्ष प्रारम्भ भएको राष्ट्रिय नवदुर्गा सम्मान गत वर्ष भने कोभिड–१९ को जोमिखका कारण आयोजना भएको थिएन । यसपटकको नवदुर्गा सम्मान कार्यक्रमलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...