काठमाडौं, 8 अक्तूबर 2021
एमसीसी खारेज आन्दोलन अभियानले एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यन्वयन सम्झौता खारेजीको माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । एमसीसी मुलुकको हितमा नरहेको भन्दै अभियानले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले नो एमसीसी, राइट टु रिजेक्ट, राइट टु रिकल लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । एमसीसी खारेज आन्दोलनका अभियान्ता बालकृष्ण न्यौपानेले मुलुकको हित बिपरित एमसीसीलाई सदनबाट अघि बढाउने तयारी भएको भन्दै मुलुकको हितका लागि बिरोध प्रदर्शन गर्नुपरेको बताउनुभयो । उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र यसले नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने तर्क समेत गरेका छन् ।









































