HomeFeatureइपिएल चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा

इपिएल चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा

काठमाडौं, 8 अक्तूबर 2021

एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक इपिएल फाइनल खेल्न लागेका हुन् । दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने बताएका छन् । शुक्रबार आयोजित प्री म्याच कन्फ्रेन्समा पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्न आवश्यक नरहेको बताउनुभयो । फाइनल पुग्ने दुवै टोली राम्रो भएको उनले बताए । त्यस्तै चितवनका कप्तान सोमपालले फाइनल अवसर रहेको बताए । चितवन लिगमा ५ खेलमा जित र १ मा हार सहित शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखरा ५ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...