HomeFeatureशीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं, 8 अक्तूबर 2021

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन्। १६ मन्त्री र २ राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, रक्षामन्त्रीमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा रेग्मी भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री, महेश्वर गहतराज मन्त्री बनेका छन् । यस्तै वोधमाया कुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि ऊर्जा मन्त्रालय पम्फा भुषाल र अर्थ मन्त्रालय जनार्दन शर्माले जिम्मेवारी लिएका थिए । नेकपा एकीकृत माजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी विरोध खतिवडालाई दिइएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। जनता समाजवादी पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, वन तथा वातावरणमन्त्री रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव बनेका हुन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद नै नभएका गजेन्द्र हमाल नियुक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...