9 अक्तूबर 2021
धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरिन । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी छिन । धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।गुडियाका श्रीमान् घरबाट बिहानै मजदुरी गर्नका लागि बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षकले जनाए । यस विषयमा थप अनुसन्धान भईरहेको छ ।









































