चितवन, 9 अक्तूबर 2021
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षीलाई नभएको बताउनुभएको छ । शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पटक पटक संसद बिघटन गर्ने र त्यही संसद अपरुद्ध गर्ने अधिकार प्रतिपक्षी एमालेलाई नभएको बताउनुभएको हो । उहाले संसदप्रति विरोध भए संसद नै छाडेर जान चुनौति दिनुभयो । त्यस्तै उहाले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पार्नुभयो । प्रचण्डले माधव नेपालको पार्टीसंग एकता नहुने बरु तालमेलका आधारमा अघि बढ्न सकिने जिकिर गर्नुभयो । उहाले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको पनि बताउनुभयो ।









































