रुपन्देही, 12 अक्तूबर 2021
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै रहेको छ । गएको आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा आइतबार टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको र उक्त झडपमा परी चारजनाको मृत्यु भएको थियो । करिब ५० जना घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारीका अनुसार अहिले औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाइसकिएको छ । ‘‘औद्योगिक क्षेत्रमा बसोबास गर्ने केही नागरिक स्थानीय नै हुन् । उनीहरू औद्योगिक क्षेत्रमै बस्छन् । अन्य विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले यहाँको जग्गा अतिक्रमण गरेर बसेका थिए । उनीहरूलाई हटाइएको हो । यहाँ जग्गा पाइन्छ भनेर लामो समयदेखि सुकुम्बासीले औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका थिए ।”
सूचना अधिकारीका अनुसार अहिले मोतिपुरको अवस्था सामान्य छ । ‘‘अहिलेसम्म झडपमा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । नवलपुर, कपिलवस्तु, रुपन्देहीका गरी तीनजनाको सनाखत भइ सकेको छ र अब एकजनाको सनाखत हुन बाँकी छ ।









































