HomeFeatureनेपाली काँग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या

नेपाली काँग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या

रोल्पा, 12 अक्तूबर 2021

सोमवार राति रोल्पामा नेपाली काँग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको मामिला सामने आएको छ। रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढा गत साउन २३ गते सम्पन्न वडा अधिवेशनबाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव मिलेको प्रहरीले जनाए । बुढा घरमा एक्लै रहेका विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा फेला परेका रोल्पा प्रहरी प्रमुखले बताए। रोल्पा प्रहरी प्रमुखको टोलिले घटनास्थलमा कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन्।  थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाएपछि कुकुरले पहिचान गरेका आधारमा मृतकका भाइ अमराज बुढालाई प्रहरीद्धारा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ। डिएसपि ले भन्नु भयो,  ‘तालिम प्राप्त कुकुर लामो बाटो पच्छ्याउदै मृतकको भाइको घर पुगेर अडिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौ।’ केही समयअघि मृतककी श्रीमतीको मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...