काठमाडौं,13 अक्तूबर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अच्छाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारसमक्ष आग्रह गर्नु भएको छ । विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले स्तब्ध बनाएको प्रचण्डले उल्लेख गर् भएको छ। साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।









































