21 अक्तूबर 2021
अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन। उनले सामाजिक सञ्जालमार्फत तस्बिरसहित स्टाटस् लेख्दै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको विचार सुन्दा आनन्द लागेको जनाएकी छिन । अध्यक्ष ओलीसँग मानन्धरसहित गायीकासमेत रहेकी राष्ट्रियसभा सदस्य कोमल वली र हास्य कलाकार जितु नेपाल पनि थिए । केही साता अघि मानन्धरले ओलीले आफूलाई फोन गरेको भन्दै स्टाटस् लेखेकी थिइन् ।









































