काठमाडौं, 21 अक्तूबर 2021
सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकहरु नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले आयोजना गरेको बिदाई कार्यक्रममा अनुपस्थीत भएका छन् । संघले खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरेको तर खेलाडीलाई उपस्थीत नगराइएको लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले बताउनुभयो । अध्यक्ष गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको बताउनुभयो । खेलाडीहरु उपस्थीत नभएपनि उहाले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा गर्नुभयो । अध्यक्ष गुरुङ्गले बक्सिङ्ग संघले खेल भावनाको बिरुद्ध कार्य गरेको भन्दै आपत्ती जनाउनुभयो । उहाले आफु पनि नेपाल बक्सिङ्ग संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरु विच पनि बैमनस्यता देखिएको तकए गर्नुभयो । च्याम्पियनसिप कार्तिक ८ गते देखि २० गते सम्म संचालन हुनेछ ।









































