HomeFeatureएमाले बैठक: पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय

एमाले बैठक: पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय

ललितपुर, 22 अक्तूबर 2021

नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल हुनुहन्छ । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने ज्ञवालीले जानकारी दिनुभयो । बैठकले हालै सम्पन्न बिधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको उहाले बताउनुभयो । बिधान महाविधेशनले पार्टीमा भावनात्मक एकता र आत्मविश्वास कायम गर्न सफल भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले अविरल बर्षाका कारण भएका बाढी पहिरो र डुवानका कारण जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै उचित राहत र क्षतिपूर्ति बितरण गर्न सरकारको ध्यानाकर्षण गराएको उहाले जानकारी दिनुभयो । त्यस्तै प्रवक्ता ज्ञवालीले सहमतिको १० बुदे प्रस्ताव कार्यान्वयन भइरहेको बताउनुभयो । उहाले सहमति कार्यान्वयनमा गइसकेको अवस्थामा अव पार्टी गतिविधिलाई अघि बढाउन अध्यक्ष केपी ओलीले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।  त्यस्तै बैठकले सरकारले रेडक्रश र एनआरएन लगाएत सामाजिक संघसंस्थामाथि हस्तक्षेप गरेको भन्दै निन्दा गरेको र हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ । स्थायी कमिटी बैठक शुक्रबार दिउँसो २ बजे पुन बस्ने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...