HomeFeatureभारतमा यस वर्ष चिया निकासी प्रभावित, नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै...

भारतमा यस वर्ष चिया निकासी प्रभावित, नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम, उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य

22 अक्तूबर 2021

भारतमा यस वर्ष चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । यसवर्ष भारतीय आयातकर्ताले नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान र फ्याक्ट्रीहरू बन्द रहेकाले पनि नेपाली उत्पादकले राम्रो मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँछन् । यद्यपि, यो वर्ष भने उत्पादनको लागत मूल्यभन्दा कम मूल्य प्रस्ताव आएको र यो मूल्यमा निकासी गर्न सम्भव नभएको उत्पादकहरू बताउँछन् ।  गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्ममा निर्यात भएको नेपाली चियालाई भारतीय आयातकर्ताले ८० देखि ९० रुपैयाँ प्रतिकेजी प्रस्ताव गरेका छन् । त्यस्तै, हरियो पत्ता गत वर्ष प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्ममा निकासी भएको थियो, अहिले हरियो पत्ताका लागि ७–८ रुपैयाँमात्र मूल्य प्रस्ताव भएको छ । जसका कारण उत्पादकहरू चिया गोदाममा थन्क्याउन बाध्य छन् । नेपालको प्रमुख निकासीवस्तु चिया गत वर्ष १३ हजार एक सय ४० टनको परिमाणमा ३ अर्ब ७९ करोड रुपैयाँमा निकासी भएको थियो । नेपालका २८ जिल्लामा १६ हजार ९ सय हेक्टरभन्दा धेरै क्षेत्रफलमा चिया खेती हुँदै आएको छ भने १४ हजारभन्दा धेरै साना उत्पादकहरू संलग्न छन् । प्रमुख नगदेबालीका रूपमा लिइने चियाको वार्षिक उत्पादन झण्डै २५ हजार टन छ । नेपाली चियालाई विश्वबजारमा पठाउन चियाको ‘अक्सन हाउस’ निर्माण गर्ने र विश्वबजारबाट दरको बोलकबोलबाट बेच्ने नीतिगत घोषणा अब कथा भैसकेका छन् । जसले गर्दा नेपाली उत्पादक भारतीय बजारमा निर्भर छन् । नेपालमा उत्पादित चियामध्ये आधाभन्दा धेरै निकासी हुँदै आएको छ । आन्तरिक खपत धान्न नेपालले वार्षिक सवा दुई सय टनसम्म चिया आयात पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...