22 अक्तूबर 2021
१४ वर्षीया बालिका ६ महिनाअघि माया के.सी (नाम परिवर्तित) भारतको देहरादुनमा अलपत्र अवस्थामा फेला परिन्। उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेकी थिइन। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी हुन । प्रहरीको सोधपुछ पछि बालिका नेपालकै चेली रहेको पत्ता लाग्यो। बालिका नेपालकी भएकी कारण प्रहरीले मानव बेचबिखनसम्बन्धी संस्था आफन्त नेपालको भारतीय शाखालाई सम्पर्क गर्यो। ती बालिकालाई शाखाले उद्धार गरेको हो। शाखाका प्रमुख नविन जोशीले ती बालिकालाई उद्धार गरेको जनाए। प्रमुख जोशीका अनुसार उद्धार गरिएका बालिका बाँकेको राप्ती सोनारी गाउँपालिकाकी हुन्। बालिकाकी बाबाको मृत्यु पश्चात आमाले अर्को विवाह गरेका थिए। आमाको विवाहपछि आमासँगै भारत पुगेकी उनी भारतमा अलपत्र परेकी थिइन्। उद्धारपछि उनलाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाइएको प्रहरीले बताएको छ।









































