23 अक्तूबर 2021
नेपालबाट भारततर्फ लाँदै गर्दा लागुऔषध चरेश सहित एक महिला पक्राउ परेकी छिन्। महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षकले जनाए। महिलाको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो। बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ। जिल्ला अदालतबाट पक्राउ परेकी ती महिलालाई सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









































