23 अक्तूबर 2021
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान गर्नु भएको छ । शनिबार बिहान ८ बजेको उडानबाट महामन्त्री कोइराला केन्द्रीय सदस्य दीपक गिरी र संखुवासभाका सभापति दीपक खड्का साथमा नयाँदिल्ली प्रस्थान गर्नु भएको हो। सडकमार्ग हुदैं कोइरालाको टोली मुम्बई जानेछ । मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला, नेताद्वय गिरी र खड्का भारत प्रस्थान गर्नु भएको हो। नयाँदिल्लीमा रहँदा महामन्त्री कोइरालासहितका नेताहरूले भारतीय नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । चीनसँग निकट रहेका खड्कालाई लिएर महामन्त्री कोइराला नयाँदिल्ली जानुलाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ ।









































