काठमाडौं, 23 अक्तूबर 2021
नेकपा (एमाले) को दसैं राष्ट्रिय महाधिवेशनअन्तर्गत मुलुकभर वडास्तरका अधिवेशन भएका छन् । एमाले केन्द्रीय कार्यालयले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दसैं महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।









































