23 अक्तूबर 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न भएको आरोप लगाउनुभएको छ । शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट ओलीले भर्चुअल माध्यमबाट पार्टीको वडा अधिवेशन उद्घाटन गर्दै ओलीले अनुशासन हिनता राज्य तहबाट नै भइरहेकाले मुलुकलाई सत्तारुढ गठबन्धनले विपरीत र प्रतिगमनको तर्फ ढकेल्ने प्रयत्न गरको आरोप लगाउनुभएको हो । ओलीले वर्तमान सत्तारुढ गठबन्धन ’प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप पनि लगाउनुभयो । आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीले बताउनुभयो । उहाले अहिले मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको तर्क गर्नुभयो । ओलीले आगामी निर्वाचनमा एक्लै सबैतहमा शानदार बहुमत ल्याउने गरी पार्टीले तयारी गरेको बताउनुभयो । सरकारबाट हटेपछि एमाले कमजोर भयो भनेर चलाइएको स्याल हुँइया आफैं कमजोर बनेको उहाले बताउनुभयो । अध्यक्ष ओलीले पार्टीका आन्तरिक समस्यालाइ बाहिर लगेर छर्ने र दुनियाँलाई हसाउने काम लामो समय देखि भइरहेको धारणा राख्नुभयो । खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको उहाको भनाई छ । ओलीले हालै वर्षा र बाढी–पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।









































