काठमाडौं, 25 अक्तूबर 2021
काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ अफगानी नागरिकलाई पक्राउ गरेको छ । सोमबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरोले अफनाग मुलका ११ जनालाई नियन्त्रणमा लिएको हो । तालिबानीले सत्ता कब्जा गरेसँगै बिना अनुमती नेपाल प्रवेश गरेका उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । बिना अनुमती नेपाल प्रवेश गरेका उनीहरु मध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद गरिएको छ । साथै उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।









































