26 अक्तूबर 2021
एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ। सोमबार ताकिस्तानको दुसान्वेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामामा सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको हो। पहिलो हाफमा नेपालले इरानलाई रोकेको दोस्रो हाफमा भने इरानको आक्रमण निस्तेज पार्न सकेन। १७औं मिनेटमा इरानका कप्तान ओमिद नोराफकनले पेनाल्टीको अवसर खेर फाल्दा नेपालको संकट जोगिएको थियो। दोस्रो हाफमा ४ गोल गरेसँगै इरानले प्रतियोगितामा सुखद सुरुआत गरेको हो। ४७औं मिनेटमा मेहदीको गोलमा इरानले अग्रता लियो। ७७औं मिनेटमा होसेनले इरानको अग्रता दोब्बर पारेका थिए। त्यसको दुई मिनेटपछि नै होसेले व्यक्तिगत दोस्रो गोलमा इरानको अग्रता ३–० मा पुर्याएका थिए। इरानले छनोट चरणमा इन्जुरी समयमा यासिनले बललाई जाली चुमाएसँगै सानदार सुरुआत गरेको हो। बिहीबार नेपालले दोस्रो खेलमा ताजिकिस्तान र कात्तिक १४ गते लेबनानको सामना गर्नेछ।









































