26 अक्तूबर 2021
गएको तीन महिनामा सामाजिक सञ्जाल फेसबुकले नौ अर्ब डलर नाफा कमाएको छ । फेसबुकले गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले बताएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । फेसबुकले केही समय अगाडि व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले “कम्पनीलाई झुटो आरोप लगाएको” बताउनुभएको छ । एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जनाएको छ।









































