HomeFeatureनेपाली दूतावासका लागि साउदीमा जग्गा खरिद सम्झौतामा हस्ताक्षर

नेपाली दूतावासका लागि साउदीमा जग्गा खरिद सम्झौतामा हस्ताक्षर

दोहा, 27 अक्तूबर 2021

नेपाली दूतावासका लागि साउदीमा जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ । सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो । नेपाल सरकारका तर्फबाट जग्गा खरिदसम्बन्धी सम्झौतामा दूतावासका कार्यवाहक राजदूत दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रियाद सिटीका प्रमुख कार्यकारी अधिकृत फहद अब्दुल मोहसेन अल-रशीदले हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको सो जग्गाको कूल क्षेत्रफल ३ हजार ६ सय ६४ वर्गमिटर रहेको नेपाली दूतावासले जनाएको छ । खरिद गरेको जग्गामा ५ वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। खाडी क्षेत्रका मुलुकमध्ये नेपाल सरकारले सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...