HomeFeatureकोभिड-19 का कारण कोरिया जान रोकिएका कामदारहरुलाई कोरिया पठाउने प्रक्रिया सुरु

कोभिड-19 का कारण कोरिया जान रोकिएका कामदारहरुलाई कोरिया पठाउने प्रक्रिया सुरु

काठमाडौं, 27 अक्तूबर 2021

कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा बुधबारदेखि कामदार पठाउन सुरु गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि कोरिया जान शुरु गर्ने भएको बैदेशिक रोजगार विभागले जनाएको छ । पहिलो चरणमा ४८ जना श्रमिकहरु बुधबार कोरिया पठाएको  वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो । उहाँले कोरियामा गएर काम गरी नेपाल आएका कामदारहरु पुनः कोरिया पठाउँन थालिएको बताउनुभयो । पहिलो चरणमा ५० जना पठाउँनु पर्नेमा प्राधिक कमजोरिका कारण ४८ जना मात्रै पठाउन लागिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक काफ्लेले कोरियाबाट कमिटेड वर्कर १ सय १९ मध्य ४८ जनालाई पहिलो चरणमा पठाइएको बताउनुभयो । उहाले अन्य कामदारलाई पनि दुबै मुलुकबीच समन्वनय गर्दै अगाडी बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...