HomeFeatureबिहीवार पनि एमालेद्वारा प्रतिनिधि सभा बैठकमा बिरोध

बिहीवार पनि एमालेद्वारा प्रतिनिधि सभा बैठकमा बिरोध

काठमाडौ, 28 अक्तूबर 2021

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठकमा बिरोध जनाएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै यसअघि एमालेमा रहेका माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेका सांसदहरुले विरोध जनाएका हुन् । बैठकमा एमालेका सांसदहरुले संसदीय मर्यादा कायम गर, गैरसांसदहरुलाई निषेध गर लगाएका नारा लगाएका थिए । एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नी सापकोटाले सदन अवरुद्ध हुदा सदनले गर्नुपर्ने कामहरु रोकिएको भन्दै सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद संचालनमा सहयोग पुर्याउन उहाले आग्रह गर्नुभयो । सभामुख सापकोटाले बिधि र पद्धतीका आधारमा आफ्ना कुरा सदनमा राख्न ध्यानाकर्षण पनि गराउनुभयो । सभामुखको आग्रहपछि पनि एमालेका सांसदहरुले नारावाजीलाई जारी राखेपछि सभामुख सापकोटाले नियमित कार्यसूची अघि बढाउनुभएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै बैठकमा सभामुख सापकोटाले सदनमा अनुपस्थीतिको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबारसम्मका लागि स्थगीत गरिएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले चालू अधिवेशन सुरु भएदेखिनै निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...