काठमाडौं, 29 अक्तूबर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन । गृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेस नेता खाणलाई प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जाने भएपछि प्रधानमन्त्रीको कार्यभार बालकृष्ण खाणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत जाँदै छन् । उनी कार्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।









































