29 अक्तूबर 2021
कोरोनाको दोस्रो लहरका कारण रोकिएको फिल्म ‘बाबरी’ को छायाँकन पुन सुरु भएको छ । बिहीबारदेखि सुरेन्द्र पौडेल निर्देशक रहेको फिल्मको छायाँकन काठमाडौंबाट सुरु भएको हो । निर्देशक पौडेलले भने, ‘गीतको छायाङ्कनबाट हामीले रोकिएको फिल्मको फेरि छायाँकन सुरु गरेका हौ’ निर्देशक पौडेलले भने ‘तिहार अगाडि काठमाडौमा गीत र केही इन्डोर छायाँकन हुनेछ ।’ अहिलेसम्म ३० प्रतिशत छायाँकन सकिएको फिल्म तिहारपछि भने सिक्किमको सेडुल रहेको उनले बताए । दार्जिलिङपछि झापामा पनि खिचिने फिल्मकी निर्माता पुष्पा बुढाथोकी हुन् । फिल्ममा अदिति बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको छ । नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरको समेत अभिनय रहने फिल्म नयाँ वर्षमा प्रदर्शनमा आउनेछ । नरेन्द्र मैनालीको छायाँकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत फिल्म रहनेछ ।









































