29 अक्तूबर 2021
नेपाली सेना र अमेरिकी सेनाबीच यही कात्तिक १५ गते (सोमबार) बाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुने भएको छ। ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्धार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ । अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले नेपाली सेना र अमेरिकी सेनाबीच हुने तालिमको तयारी पूरा भएको बताए । सैनिक प्रवक्ता पौड्यालले अन्नपूर्णसँग भने, ‘विपद् व्यवस्थापन केन्द्रीत तालिम हो। तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याँउछ ।’ अभ्यास झण्डैं एक महिनासम्म चल्ने छ। ‘टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । नेपाली सेनाका अभ्यासमा ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ।









































