HomeFeatureआयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्छ:...

आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्छ: ऊर्जा मन्त्री

काठमाडौं, 30 अक्तूबर 2021

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा विद्युतीय सवारी ऱ्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको बताउनुभयो । मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो ।  उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राख्नुभयो । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने धारणा राख्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको भन्दै विद्युतको खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । ललितपुरको जावलाखेलबाट शुरु भएको ऱ्याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो । ऱ्यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३ सय सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...