HomeFeatureआफुहरुको बिरोधकाबीच एक सेकेण्डपनि सदनको कामकारवाही नरोकिएको नेम्वाङद्वारा स्पष्ट

आफुहरुको बिरोधकाबीच एक सेकेण्डपनि सदनको कामकारवाही नरोकिएको नेम्वाङद्वारा स्पष्ट

काठमाडौं, 30 अक्तूबर 2021

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफुहरुको बिरोधकाबीच एक सेकेण्डपनि सदनको कामकारवाही नरोकिएको स्पष्ट पार्नुभएको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेको कारण सदनको काम कारवाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले एक सेकेण्डपनि सदनको कामकारवाही नरोकिएको स्पष्ट पार्नुभएको हो । नेम्वाङले सरकारले नै कुनै बिधेयक नल्याएर सदनका कामबिहिन बनाएको आरोप लगाउनुभयो । उहाले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाच्न नसकेको तर्क गर्नुभयो । नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्यव्यवस्थामा पनि एमालेसंग कुनै छलफल नै नभएको जिकिर गर्नुभयो । नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राख्नुभयो । नेम्वाङले सदनमा पेश भएका बिधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टोबाटोमा हिडेको तर्क गर्नुभयो । उहाले अहिले मुलुक एमालेमय भएको भन्दै ढुक्क भएर जनताको माझ जान सांसदहरुलाई सुझाव दिनुभयो । बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थीत हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...