HomeFeatureसंघीयता, गणतन्त्र लगाएका मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु भएको: प्रचण्ड

संघीयता, गणतन्त्र लगाएका मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु भएको: प्रचण्ड

काठमाडौं, 1 नवम्बर 2021

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र लगाएका मुलुकका परिवर्तनलाइ उल्टाउने षडयन्त्र सुरु भएको बताउनुभएको छ । सोमबार कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वराजाका मान्छेसंग मिलेर एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र उल्टाउने सूचना पाएको बताउनुभएको हो । प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको तर्क गर्नुभयो । अहिले पनि जनतालाई अधिकार दिने र मुलुकको परिवर्तनलाई उल्टाउने दुई प्रवृति र वर्ग देखापरेको उहाको भनाई छ । त्यस्तै प्रचण्डले आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको भन्दै अनुकूल समयमा संविधान संशोधन गर्न सकिने जिकिर गर्नुभयो । प्रचण्डले  माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको धारणा पनि राख्नुभयो ।  उहाँले माओवादी प्रतिक्रियावादीको दयाले अहिलको अवस्थासम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताउनुभयो । उहाले अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको दावी गर्दै २०६४ सालको निर्वाचनजस्तै आगामी निर्वाचनमा जनताले माओवादीलाई विश्वास गर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...