HomeFeatureप्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको: दाहाल

प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको: दाहाल

काठमाडौं, 1 नवम्बर 2021

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल निजमती कर्मचारी संगठन(निजामती) ले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संविधान र परिवर्तित व्यवस्थालाइ मन नपराउनेहरुले सत्ता गठबन्धनलाई तोड्दै प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताउनुभएको हो । उहाले न्यायलयभित्र भइरहेको अहिलेको गतिबिधि पनि प्रतिक्रियावादी षडयन्त्र नै भएको बताउनुभयो । उहाले केपी ओली नेतृत्वको सरकारले संघीयतामाथि प्रहार गर्ने, संसदीय समितिले तयार पारेका बिधयेकहरुलाई पनि अघि बढ्न नदिने र पार्टीभित्रको बहसलाई बाहाना बनाएर प्रतिनिधिसभा बिघटन गरेकाले नै निरंकुश प्रवृतिबिरुद्ध लड्नु परेको तर्क गर्नुभयो । आफु गणतन्त्रवादी कहिल्यै नरहेको भनेर पूर्वप्रधानमन्त्रीले बोलेको सुनेको भन्दै प्रचण्डले राजनीतिक नेतृत्व रिल्याक्स गर्ने बेला नभएको पनि बताउनुभयो । प्रचण्डले नेकपा अस्तीत्वसमा रहदा ७० प्रतिशतले केपी ओलीलाई कारवाही गरेको र निर्वाचन आयोगले त्यसलाइ सदर गरिदिएको भए ओलीको राजनीतिक हैसियत त्यहि बेला नै सकिने धारणा राख्नुभयो । त्यस्तै उहाले खर्च कम गर्न र धांधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने बताउनुभयो ।  आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको समेत जानकारी दिनुभयो । तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताउनुभयो । कार्यक्रममा प्रचण्डले संगठनको मुखपत्र परागको पाँचौ विशेषाङ्कको बिमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...