2 नवम्बर 2021
नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो । सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल छन् ।









































