2 नवम्बर 2021
पोर्चुगलमा कैलालीका एक युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जानकी गाउँपालिका–९ का २६ वर्षीय महेश थापाको मृत्यु भएको हो। तोरेस भेद्राजस्थित पात्रेसिया पिलार भन्ने प्याकिङ्ग कम्पनीमा थापा कार्यरत थिए। आइतबार सडक दुर्घटनामा परि मृत्यु भएको जनाइएको छ। थापालाई तोरेस भेद्राजको पालिग्रेस भन्ने ठाउँमा गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा परेपछि थापालाई उपचारका लागि तोरेस भेद्रसको सेन्ट्रो हस्पिटल दु ओएस्ट लगिएको थियो। उनको उक्त अस्पतालमा निधन भएको जनाइएको छ। ३ वर्षअघि उनी रोजगारीको सिलसिलामा पोर्चुगल गएका थिए। घटनापछि तोरेसमा रहेका एनआरएनए पोर्चुगलका कार्यसमिति सदस्यहरु भुवन कडेंल र गिरीजा छन्त्यालले घटना बारेमा जानकारी लिने, समन्वय र सहयोग पुर्याउने काम गरिरहेका छन्।









































