HomeFeatureबेलायतमा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

बेलायतमा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं, 3 नवम्बर 2021

बेलायतमा प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। मंगलबार ग्लास्गोमा संयुक्तराष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत भेट भएको हो। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त  हुनु भएको थियो। देउवाले प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि दुई समकक्षीबीच भएको यो पहिलो भेट हो। झन्डै एक सातासम्म कुनै प्रतिक्रिया नजनाएका मोदीले देउवाले संसद्बाट विश्वासको मत लिएपछि मात्र शुभकामना दिनु भएको थियो। देउवालाई छिमेकी देशका समकक्षीसँग भेट्ने अवसर जलवायु सम्मेलनमा मिल्यो। भेटमा कोभिड–१९ विरुद्ध साझा प्रयास, जलवायु परिवर्तनका असर न्यून गर्न संयुक्त रूपमा काम गर्नेलगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा फलदायी कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीले बताउनु भएको छ। नेपाल–भारत सम्बन्धलाई  दुई नेताबीच थप मजबुत बनाउने सहमतिसहित विविध विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत जनाए। भेटमा कोरोना महामारीका बेला भारतले नेपाललाई खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री दिएर सहयोग गरेको विषयमा पनि कुराकानी भएको थियो। भारतीय प्रधानमन्त्री मोदीसँग मंगलबार बिहान साइडलाइन भेट गरेका प्रधानमन्त्री देउवाले त्यसपछि श्रीलंकाकाराष्ट्रपति गोटावयराजापक्षसँग पनि भेट गरेका छन्।  भेटमा दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...