काठमाडौं, 3 नवम्बर 2021
मेक्सिको पुगेका पाँच जना अफगान नागरिकलाई पुन: नेपाल फर्काइएको छ। दिउँसो मंगलबार ३ बजे श्रीलंका हुँदै उनीहरू नेपाल फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतले जनाएका छन्। ‘उनीहरू श्रीलंका हुँदै आज दिउँसो काठमाडौं आइपुगेका छन्,’ शाहीले भने,’हामीले कालिकास्थानस्थित विभागमा पठाइसकेका छौं।’ विभागले उनीहरूलाई गत आइतबार उनीहरूसँग भिसा भएको देखिएपछि विभागले मेक्सिकोको लागि पठाएको थियो। तर उनीहरूलाई यहीँबाट फर्काइएको छ। यस्तै, ११ जनामध्ये पाँच जना एकै परिवारका सदस्य हुन्। परिवारमा श्रीमान-श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्। आइतबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको सिनामंगलस्थित फेसबुक होटलबाट उनीहरूसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरी ब्युरोले थप अनुसन्धान गर्न विभागमा बुझाएको थियो।









































