काठमाडौं, 3 नवम्बर 2021
बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी लिने भएका छन् ।

बलिउड अभिनेता खेरले हिन्दी फिल्म ‘उंचाइ’ छायाँकनका लागि नेपाल आए थिए भने उनी गत साता पशुपतिनाथ मन्दिर परिसरमा आरती नाम गरेकी बालिकालाई भेटेका थिए । ती बालिकाले पैसा नभएको कारण स्कुल नगएको बताएकी अनुपमले जनाए । मंगलबार उनले एक ट्वीटमार्फत भारतको राजस्थान घर बताउने आरती नाम गरेकी बालिकाको प्रशंसा गरेका छन् । आफूसंग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै खेरले प्रशंसा गरेका हुन् ।









































