HomeFeatureभक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान

भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान

भक्तपुर, 5 नवम्बर 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले  निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताउनुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको बताउनुभयो । अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले  भनेर पनि नहुने भन्दै उहाँले  निर्वाचन समितिले काँग्रेसको पार्टी महाधिवेशन समयमै गराउने दाबी गर्नुभएको हो ।  प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताउनुभयो । उहाँले अहिले पार्टी अधिवेशन आउँदै गरेकोले यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउन र हुँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउन निर्देशन दिनुभयो । अघिवेशनमा जित हार हुने भएकाले हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने भन्दै जित हारमा दुश्मनी नबढाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गर्नुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले बेलायतमा मन्त्रीहरुले कोरोना भाइरस विरुद्धको एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उहाँले यसअघि खोप लगाएका तथा लगाउन बाँकी सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...