HomeFeatureअमेरिकाको कनेक्टिकट राज्यमा नेपाली राम चन्द्र श्रेष्ठ नगर समिति सदस्यमा निर्वाचित

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली राम चन्द्र श्रेष्ठ नगर समिति सदस्यमा निर्वाचित

5 नवम्बर 2021

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन । बुधबारका दिन नोभेम्बर २ तारीख कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को भएको निर्वाचनमा उनि नगर सदस्यमा निर्वाचित भएका हुन् । उनलाई सो नगर पालिकाको नगर सदस्यमा गत सेप्टेम्बर २४ ,२०२० मा नियुक्त समेत गरिएको थियो । सो नगर पालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको थियो । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका थिए । तर यस पटक उनि आफै उम्मेदवार भै निर्वाचनमा होमिएर बिजयी भएका छन् । उनलाई बिजयी गराउन नेपाली समुदायले ठूलो भूमीका निर्वाह गरेका थिए । उनलाई अधिकांशले मत दिएका थिए । नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २२ बर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महा नगर पालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग)भनिन्छ । अमेरिकाको केही राज्यमा भएको निर्वाचनमा रिपब्लिकनमय भएको अवस्था र कनेक्टिकट राज्य पनि रिपब्लिकनहरुको गढ भएको राज्यमा पनि श्रेष्ठले बाजी मारेका हुन् । २५ बर्ष अगाडी अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपालिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् । अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनि दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् । यसरी मुलधारमा प्रवेश गर्नेहरुमा सिटौला पछि क्रमस मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी,भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य नेत्र पाण्डे र राम चन्द्र श्रेष्ठ छैठो निर्वाचित नगर परिसद सदस्य भएका छन् ।  अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका र नेपाली भाषी समेत गरि नाम लेख्ने सातौ नेपाली हुन् । यो क्रम निरन्तर वृद्धि हुदै जाने छ । ईतिहास बन्दै जाने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...