5 नवम्बर 2021
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाका जवानसँग दीपावली मनाउनु भएको छ । प्रधानमन्त्री मोदी बिहीबार दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुग्नु भएको थियो । मोदीले सेनासँगै दीपावली मनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मोदी प्रधानमन्त्री भएपछि नियमित रुपमा दिपावली सेनाका जवानहरुसँग मनाउँदै आउनु भएको छ । भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ । उक्त अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गर्नु भएको थियो ।









































