काठमाडौं, 10 नवम्बर 2021
छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौंको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गर्नुभएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गर्नुभएको हो । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिनुभयो । उहाले छठ पर्व सवै नेपालीमा सुख शान्तिको कामना गर्नुभयो । त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भूसाल लगाएत पनि कुपण्डोलस्थीत बागमती किनारमा पुगेर छठी माइको दर्शन गर्नुभएको थियो ।









































