11 नवम्बर 2021
कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो। टीकापुर हत्या काण्डका आरोपित ८ जनाको नाम प्रहरीद्वारा सार्वजनिक भएको छ। लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय निसान मल्ल , टिकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।









































