HomeFeatureजबराको राजीनामाबारे सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप

जबराको राजीनामाबारे सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप

काठमाडौं, 11 नवम्बर 2021

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित सर्वोच्च अदालत परिसरमा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाईमा सर्वोच्च अदालत परिसरमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा केहि घाइते समेत भएका छन् ।  प्रहरीले हस्तक्षेप गरेपछि अधिवक्ताहरुले सर्वोच्च परिसरमा नारावाजी गरेका थिए । उनीहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गर्दै प्रहरी हस्तक्षेपको बिरोध गरेका थिए । प्रहरीको हस्तक्षेपपछि बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारले जनाएको छ । बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे नै बिरोध प्रदर्शन सुरु गर्ने र प्रधानन्याधिशलाई समेत सर्वोच्च भित्र प्रवेश रोक लगाउने चेतावनी दिनुभयो । त्यस्तै उहाले अहिले न्यायालयमा भ्रष्टाचार व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाउदै पदच्यूत गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले कात्तिक १४ गते शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप गराइएको आरोप लगाउनुभयो । प्रधानन्यायधिशले न्यायपालीकालाई ध्वस्त पार्न खोजेको भन्दै बारले निरन्तर आन्दोलन गर्दै आएको छ । प्रधानन्याधिशनको राजीनामा नआएसम्म आन्दोलनलाई चर्काउने बारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...