HomeFeatureपेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन

काठमाडौं, 11 नवम्बर 2021

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिबिरुद्ध बिप्लव नेतृत्वको नेकपाले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध तत्काल फिर्ता लिन माग गर्दै नेकपाले बिहिबार काठमाडौंको शान्तीबाटीकामा बिरोध प्रदर्शन गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको आरोप उनीहरुले लगाएका छन् । प्रदर्शनका क्रममा नेकपाले एमसीसी खारेज हुनुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने भन्दै नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले सरकारले गरेको जनबिरोधी कामलाई हेरेर बस्न नसकने बताउनुभयो । यस्तै नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरूद्ध आन्दोलन कार्यक्रम घोषणा समेत गरेको उहाले बताउनुभयो । आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी निगमले थप ७५ रूपैयाँ बढाएर ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ कायम गरेको छ भने पेट्र‍ोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...