काठमाडौं, 11 नवम्बर 2021
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका छन् । बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पस अगाडी बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । पुत्ला दहनका क्रममा बिद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता ले , परामादेश सरकार राजीनामा दे लगाएतका नारा लगाएका थिए । पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गरिएको भन्दै मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले चेतावनी दिएको छ ।









































