HomeFeatureम्यानमारमा अमेरिकी पत्रकारलाई अदालतले सुनायो ११ वर्ष जेल सजाय

म्यानमारमा अमेरिकी पत्रकारलाई अदालतले सुनायो ११ वर्ष जेल सजाय

12 नवम्बर 2021

म्यानमारको  सैनिक  अदालतले  अमेरिकी  पत्रकार  ड्यानि  फेन्स्टरलाई  अदालतले  ११  वर्षको जेल  सजाय  सुनाएको  छ । केहि दिनअघि म्यानमार सेनाले उनीमाथि देशद्रोह र आतंकवादी गरी थप नयाँ आरोप लगाएको थियो । फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको, गैरकानुनी संगठन बनाएको र म्यानमार सेनाविरुद्ध सर्बसाधारणलाई उक्साएको आरोपमा फेन्स्टर दोषी ठहरिएका छन् ।३७ वर्षीय फेन्स्टर म्यानमारस्थित फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन् । म्यानमार सेनाले उनलाई गत मे महिनामा याङोन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सेनाले उनलाई हिरासतमा राखेको थियो । उक्त आरोप सत्य सावित भएमा पत्रकार फेन्स्टरले जन्मकैदको सजाय भोग्नु पर्ने जनाइएको थियो । यद्यपि नयाँ आरोपबारे हाल कुनैपनि निर्णय नभएको बताइको छ ।  म्यानमार सेनाले सैन्य ‘कु’ लागू गरेपछि फेन्स्टरलगायत अन्य दर्जनौं स्थानीय पत्रकारहरु हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...