12 नवम्बर 2021
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर बिद्यार्थीहरुले घेराउ सहित नारावाजी गरेका हुन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।









































